नेपाल लाइफ इन्सुरेन्सको अध्यक्षमा गोविन्द लाल संघाई नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल लाइफ इन्सुरेन्सको अध्यक्षमा गोविन्द लाल संघाई नियुक्त



काठमाडाै । नेपाल लाइफ इन्सुरेन्सको अध्यक्षमा गोविन्द लाल संघाई नियुक्त भएका छन । अध्यक्ष रहेका रमेश गुप्ताले राजिनामा दिएपछि संघाईलाई नियुक्त गरिएको हो । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गुप्ताको राजिनामा र संघाईको नियुक्तीलाई अनुमोदन गरेको हो । नेपाल लाइफले हालैमात्र ४२% बोनस सेयर र २८.५३% नगद लभांश दिने घोषणा गरेको छ ।

हाल नेपाल लाइफको चुक्ता पुँजी ३ अर्ब ९ करोड ६४ लाख २८ हजार ६२५ रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जगेडा कोषमा ५ अर्ब २ करोड ९४ लाख २६ हजार ६६ रुपैयाँ आकर्षक रकम छ । चालु आर्थिक वर्षको दोस्रो कम्पनीले त्रैमासमा २७ करोड ९६ लाख ८० हजार ६११ रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६ पैसा र प्रतिसेयर नेटवर्थ २७२ रुपैयाँ ९३ पैसा छ ।

प्रकाशित : १८ फाल्गुन २०७४, शुक्रबार १५:३३