संघीय संसदको सभामुखका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

संघीय संसदको सभामुखका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदै



काठमाडौं । संघीय संसदको सभामुखका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । भोलि हुने चुनावका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुन लागेको हो ।

 

संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार, सभामुखको उम्मेदवारी मनोनयन शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म गर्न सकिने छ । सचिवालयले संघीय संसदका महासचिवसमक्ष उम्मेदवारी दिने व्यवस्था मिलाएको छ ।

सचिवालयले आजै दिउँसो १ः३० बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नेछ भने मतदान भोलि १ बजे हुनेछ ।

प्रकाशित : २५ फाल्गुन २०७४, शुक्रबार ०८:३४