महराद्वारा सभामुखको उम्मेद्वारी दर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

महराद्वारा सभामुखको उम्मेद्वारी दर्ता



काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दर्ता गराए ।

केहीबेरअघि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उपस्थित भएर उहाँले सभामुखको उम्मेदवारी दर्ता गराएका हुन । 

 

उनको उम्मेदवारीलाई नेकपा(एमाले)का नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएको छ भने माओवादी केन्द्रका नेता देव गुरुङले समर्थन गरेका छन् ।

उम्मेदवारीको दर्तालगतै पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता महराले संविधान कार्यान्वयन र नयाँ कानून निर्माणका लागि आफू प्र्रतिबद्ध भएर लाग्ने बताए ।

प्रकाशित : २५ फाल्गुन २०७४, शुक्रबार ११:५३