चुक्ता पुँजी बढाउने निर्णय फिर्ता हुँदैन : गभर्नर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चुक्ता पुँजी बढाउने निर्णय फिर्ता हुँदैन : गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बैंक/वित्तीय संस्थाको चुक्ता पुँजी बढाउने निर्णयमा केन्द्रीय बैंकले कुनै पुनरावलोकन नगर्ने बताएका छन् ।

Governer1
नेपाल आर्थिक पत्रकारको कार्यसमितिसँगको भेटमा गभर्नर नेपालले राष्ट्र बैंकले वित्तीय स्थायित्वका लागि बैंक/वित्तीय संस्थाको चुक्ता पुँजी बढाएकाले त्यसमा हस्तक्षेप भए वित्तिय क्षेत्रको सुधारको गति रोकिने बताए ।

चुक्ता पुँजी वृद्धिको निर्णयमा केन्द्रीय बैंकको लचकताका लागि संसदीय समितिदेखि राजनीतिक नेतृत्वसम्म भइरहेको लविङप्रति इङ्गित गर्दै गभर्नरले केन्द्रीय बैंकको अडान दोहोर्‍याएका हुन् ।

‘संसदीय समितिमा जे भइरहेको छ, त्यहाँ कन्फि्ल्क्ट अफ इन्ट्रेष्टले काम गरेको छ भन्ने सबैलाई थाहा छ ।’ उनले भने ।

केन्द्रीय बैंकले सभासद्हरुलाई बैंकको सञ्चालक बन्न रोक लगाउने सर्कुलरका लागि गृहकार्य गरिरहेको पनि उनले जानकारी दिए । डा. नेपालले चुक्ता पुँजी वृद्धिपछि बैंक/वित्तीय संस्था थप मजबुत हुने र वित्तिय स्थायित्व कायम गर्न सहज हुने बताए ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रीक नीतिमार्फत् बैंक/वित्तीय संस्थाको चुक्ता पुँजी दुई वर्षभित्र चार गुणासम्मले बढाउनुपर्ने व्यवस्था गरेको छ । बैंक/वित्तीय संस्थाले पुँजी वृद्धिको योजना भाद्र मसान्तसम्म राष्ट्र बैंकमा पेश गरिसक्नुपर्छ ।

प्रकाशित : ३० भाद्र २०७२, बुधबार १४:३५