गण्डकी विकास बैंकले शेयरधनीलाई १९ दशमलव ३१ प्रतिशत बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गण्डकी विकास बैंकले शेयरधनीलाई १९ दशमलव ३१ प्रतिशत बोनस शेयर दिने



काठमाडौं। गण्डकी विकास बैंकले आफ्ना शेयरधनीलाई गतवर्षको मुनाफाबाट १९ दशमलव ३१ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैंकको शनिबार बसेको संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।

फेवालाई गाभेपछि २५ प्रतिशत हकप्रद बिक्री गरेको गण्डकीको चुक्ता पूँजी २ अर्ब ३० करोड ४९ लाख पुगेको छ । चुक्तापूँजीको १९ दशमलव ३१ प्रतिशतले हुने ४४ करोड ५० लाख ९२ हजार बराबरको बोनस बाडेपछि बैंकको चुक्ता पूँजी २ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ ।

बैंक संचालक समितिले प्रस्ताव गरेको उक्त बोनस राष्ट्र बैंकको स्वीकृति पश्चात र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।

 

प्रकाशित : २७ फाल्गुन २०७४, आईतवार १४:५८