राजश्व चुहावटमा संलग्नलाई नछाड्नुस्ः अर्थमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राजश्व चुहावटमा संलग्नलाई नछाड्नुस्ः अर्थमन्त्री



काठमाडौं । राजश्व चुहावटलाई नियन्त्रणा गर्न कुनै कसर बाँकी नराख्न अर्थमन्त्री डा. युवराज खतिवडाले निर्देशन दिएका छन । आइतबार अर्थमन्त्रालयमा सुरक्षा र राजश्व अन्तर्गतका कर्मचारीहरूसँगको बैठकमा अर्थमन्त्री खतिवडाले यस्तो निर्देशन दिएका हुन् ।

राजश्व चुहावट नियन्त्रण प्रभावकारी नभएको गुनासो आइरहेका बेला अर्थमन्त्री डा. खतिवडाले सरोकारवाला निकायलाई डाकेर निर्देशन दिएका हुन् । छलफलमा अर्थमन्त्री खतिवडाले राजश्व चुहावट नियन्त्रणको लागि चूस्त अनुगमनको खाँचो बताउदै चुहावटमा संलग्न कसैलाई पनि नछाड्न निर्देशन दिएका छन् ।

प्रकाशित : २७ फाल्गुन २०७४, आईतवार १६:२४