साढे ५५ करोडको हकप्रद शेयर निष्काशन गर्दे माछापुच्छ्रे बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

साढे ५५ करोडको हकप्रद शेयर निष्काशन गर्दे माछापुच्छ्रे बैंक



माछापुच्छ्रे बैंकले लिमिटेडले ५५ करोड ५२ लाख ५० हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्न लागेको छ । बैंकले प्रति शेयर एक सय रुपैयाँ अंिकंत ५५ लाख ५२ हजार ५ सय ९३ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

बैंकले आगामी असोज १७ गते देखि ५ बराबर १ अर्थात (५ः१) कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । बैंकको गत मंसिरमा सम्पन्न साधारणसभाले पारित गरे बमोजिम ५ बराबर १ अनुपातको हकप्रद जारी गर्न लागेको हो । लगानीकर्ताले पाँच सेयर बराबर एक सेयरका दरले हकप्रद पाउने छन् ।

हाल २ अर्व ७७ करोड ६२ लाख रुपैयाँ चुक्तापूँजी रहेको बैंकको हकप्रद शेयर बाँडफाँड पछि चुक्तापूँजी ३ अर्व ३३ करोड १५ लाख पुग्नेछ । हकप्रदका लागि यस अघि नै बुक क्लोज भइसकेको छ । साउन ३१ गतेसम्म सेयर किनिसकेका लगानी कर्ताले मात्रै हकप्रद भर्न पाउँछन् ।

बैंकको हकप्रद शेयर खरीदका लागि नविल इन्भेष्टमेण्ट बैकिंङ लिमिटेड नक्साल काठमाडौँ र माछापुच्छ्रे बैंकका विभिन्न शाखाहरुमा दरखास्त दिन सक्नेछन् । असोज १७ गते देखि खुल्ला हुने हकप्रद शेयर कार्तिक २२ गते बन्द हुनेछ ।

प्रकाशित : ३१ भाद्र २०७२, बिहीबार ०४:१३