मुक्तिनाथ विकास बैंकको शाखा भक्तपुरको कमलविनायकमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मुक्तिनाथ विकास बैंकको शाखा भक्तपुरको कमलविनायकमा



काठमाडौं । भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायकमा मुक्तिनाथ विकास बैंक लि.को नयाँ शाखाको उद्घाटन भएको छ । आइतबार एक कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर सत्यन्द्र प्यारा श्रेष्ठले गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको पृष्ठभूमि तथा बैंकले अबलम्बन गर्दै आईरहेको वर्तमान अवस्थामाथि प्रकाश पार्दै भावी योजनाको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा समुद्घाटन मन्तव्य भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापतिले मुक्तिनाथको भक्तपुर शाखा मार्फत भक्तपुरका उद्योगी व्यवसायीहरुले राहत पाउने छन् भन्ने विश्वास लिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले मुक्तिनाथ विकास बैंको जनता बैंकमा होइन बैंक जनतामा जानु पर्दछ भन्ने नाराले नै बैंकको प्रगतिको आधार भएको बारेमा चर्चा गरे ।

कार्यक्रमको अन्त्यमा बैंक संचालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले उपस्थित सम्पूर्ण अतिथिहरुलाई धन्यवाद दिंदै बैंकको सेवा सुविधाले त्यस क्षेत्रका बासिन्दाहरुको वित्तीय आवश्यकता पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित : २७ फाल्गुन २०७४, आईतवार १८:१६