विमान दुर्घटना ः काँग्रेसद्वारा दुःख व्यक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

विमान दुर्घटना ः काँग्रेसद्वारा दुःख व्यक्त

प्रकाशित मितिः १ असार २०७९



 

काठमाडौँ । नेपाली काँग्रेसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युए बङ्गला विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी व्यवस्थित उद्धार र घाइतेको सम्पूर्ण उपचार तथा दुर्घटनाको छानविन गर्न सरकारसँग माग गरेको छ ।

“घटनामा परी दिवंगत हुनुभएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पणका साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : २८ फाल्गुन २०७४, सोमबार १८:४७