जनकपुर–वीरगञ्ज रेलमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्राथमिकतामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जनकपुर–वीरगञ्ज रेलमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्राथमिकतामा



रौतहट। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडाँै तराई द्रुतमार्ग निर्माणका लागि नेपाली सेनालाई जिम्मा दिन आफूले ठूलो चुनौतीको सामना गरेको बताए ।

चन्द्रपुर नगरपालिकामा आज चन्द्रपुर महोत्सव २०७४ को उद्घाटनपछि आयोजित सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले प्रदेश २ को विकासको आधारका रुपमा रहेको जनकपुर–वीरगञ्ज रेलमार्ग र निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरकारको प्राथमिकतामा रहने बताउँदै जनकपुर, पशुपतिनाथ र लुम्बिनीलाई धार्मिक पर्यटन विकासका लागि थप योजना ल्याउने तयारी सरकारले गरिरहेको जानकारी दिए ।

 

कार्यक्रममा सांसद विनोद चौधरीले देश विकासका लागि सरकारले औद्योगिक क्रान्तिको शुरुआत गर्नुपर्ने बताउँदै सरकारले प्रदेश २ मा औद्योगिक क्षेत्रमा लगानी गरेमा आफूले चौधरी पार्क निर्माण गर्ने घोषणा गरे । उनले चन्द्रपुर नगर क्षेत्रमा चौधरी ग्रुपले चाँडै उद्योग स्थापना गरेर रोजगारीको अवसर सिर्जना गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

चन्द्रपुर महोत्सव २०७४ चन्द्रनिगाहपुर सिटी जेसिसको मुख्य आयोजना तथा चन्द्रपुर नगर उद्योग वाणिज्य संघ तथा होटल व्यवसायी संघ रौतहटको सहप्रयोजनमा आगामी चैत ७ गतेसम्म चन्द्रनिगाहपुरस्थित तुल्सीलाल अमात्य खेल मैदानमा भइरहेको छ ।

प्रकाशित : २८ फाल्गुन २०७४, सोमबार १८:५२