अर्थमन्त्री डा. खतिवडा दिल्ली प्रस्थान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

अर्थमन्त्री डा. खतिवडा दिल्ली प्रस्थान



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा आज दिल्ली प्रस्थान गरेका छन् । बुधबार नयाँ दिल्लीमा आयोजना हुने ‘प्रतिआतंकवाद सम्मेलन २०१८’ मा भाग लिन आज १२ बजे अर्थमन्त्री खतिवडा त्यस तर्फ प्रस्थान गरेका उनका स्वकीय सचिव तुलसी मैनालीले जानकारी दिए ।

डा. युवराज खतिवडा

तीनदिने सम्मेलनको उद्घाटनसत्रमा की नोट स्पिकरका रूपमा अर्थमन्त्री खतिवडा सहभागी हुन दिल्ली उडेका हुन् । वाम गठबन्धनको नेतृत्वमा बनेको नयाँ सरकारका तर्फबाट भारत आउन लागेका उनी पहिलो मन्त्री हुन् । अर्थमन्त्री कार्यक्रममा सहभागी भई बिहीबार स्वदेश फर्कने अर्थमन्त्रीको सचिवालयले जनाएको छ । अर्थमन्त्रीको द्विपक्षीय राजनीतिक भेटघाटको कार्यक्रम भने नहुने बताइएको छ ।

प्रकाशित : ३० फाल्गुन २०७४, बुधबार १२:५४