दक्षिण कोरियाली पूर्व राष्ट्रपतिलाई पक्राउ आदेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

दक्षिण कोरियाली पूर्व राष्ट्रपतिलाई पक्राउ आदेश



दक्षिण कोरिया । दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति ली म्युङ बाकलाई विभिन्न भ्रष्टाचार आरोपमा पक्राउ गर्न आदेश दिएको बिहीबार स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सोलस्थित एक जिल्ला अदालतले सन् २०१३ सम्म आफ्नो पाँचबर्षे राष्ट्रपतीय कार्यकाल सम्पन्न गर्नुभएका लीलाई पक्राउ गरी छानविनका लागि हिरासतमा राख्न आदेश गरेको हो । उहाँमाथि लागेका भ्रष्टाचार आरोपहरू सवैमा आफ्नो कुनै सम्लग्नता नरहेको जनाएपछि अदालतको उक्त आदेश आएको हो ।

लीलाई लागेका आरोपमध्ये केहीमा बलिया प्रमाण पाइएकाले जेलबाहिर रहँदा तथ्यलाई नस्ट गर्न वा लुकाउन सक्ने भन्दै अदालतले पक्राउका लागि आदेश दिएको हो ।

प्रकाशित : ९ चैत्र २०७४, शुक्रबार १२:०३