सनराईज बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सनराईज बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता



काठमाडौं । सनराईज बैंक र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सनराईज बैंकका तर्फबाट नायब महाप्रबन्धक रविन नेपाल र खल्तीका तर्फबाट प्रबन्ध निर्देशक मनीष मादीले बिहीबार हस्ताक्षर गरे ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ सुबिधा प्रयोग गरी खल्ती मा सजिलै पैसा लोड गर्न र सोमार्फत विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

२६ जनवरी २०१७ बाट नेपाली बजारमा शुरु भएको खल्ती एक उदीयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्ती एपको प्रगोग गरी मोबाइल रिचार्ज, बिजुलीर पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरुको मोबाइलबाट भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।
हाल खल्तीको प्रयोगकर्ताहरुको संख्या ७ लाख नाघिसकेको छ ।

सनराईज बैंकको मोबाईल बैंकिङ्ग एप www.sunrisebank.com.np/mobileapp  बाट डाउन लोड गर्न सकिन्छ । यस्तै, ‘खल्ती डिजिटल वालेट’ को मोबाईल एप khalti.com/app बाट डाउनलोड गर्न सकिन्छ ।

प्रकाशित : ९ चैत्र २०७४, शुक्रबार १४:०८