नयाँ वर्षको अवसरमा आइएमईको नयाँ स्किम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नयाँ वर्षको अवसरमा आइएमईको नयाँ स्किम



काठमाडौ । आइएमई लिमिटेडले आउँदो नयाँ वर्षलाई लक्षित गर्दै ‘नयाँ वर्षको बहार आइएमई गर्दा उपहारै उपहार’ नामक योजना सार्वजनिक गरेको छ ।

जेठ मसान्तसम्म कायम हुने यस योजना अन्तर्गत विदेशबाट आइएमई गर्ने सेवाग्राहीहरूले साप्ताहिक ‘लक्की ड्र’ मा डिस होम, मासिक ‘लक्की ड्र’मा स्मार्ट फोन र बम्पर ‘लक्की ड्रमा ४२ इन्चको एलइडी टिभी प्राप्त गर्न सक्नेछन् ।

योजना अवधिमा गरिएका कारोबारहरुको ‘लक्की ड्र’ ट्रान्जेक्सन नम्बरका आधारमा सफ्टवेयर पद्वति मार्फत हुने र सोको जानकारी कम्पनीका आधिकारिक सामाजिक संजाल पेज र संचारका माध्यम मार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

त्यस्तै, मलेसियास्थित रिया आइएमईले नेपाली नयाँ वर्ष २०७५ को अवसरमा ‘न्यू इयर बोनन्जा’ स्किम सार्वजनिक गरेको छ । यो योजना मंगलबारबाट वैशाख १७ दिनसम्म कायम हुनेछ । योजना अन्तर्गत मलेसियास्थित रिया आइएमईबाट आइएमई गर्नुहुने सेवाग्राहीहरूले पाक्षिक रुपमा स्मार्ट फोन र महिनाको अन्त्यमा ३२ इन्चको एलइडी टिभी प्राप्त गर्नसक्नेछन् ।

प्रकाशित : ९ चैत्र २०७४, शुक्रबार १६:४१