नेप्सेमा सर्किट ब्रेक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सेमा सर्किट ब्रेक

प्रकाशित मितिः १ असार २०७९



काठमाडौं । शेयर बजारमा सर्किट ब्रेक लागेको छ । बजार खुलेको एक घण्टा नपुग्दै ३ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको हो । सोमबार कारोबार खुलेदेखि नै बजार लगातार घटिरहेको छ । बजार खुलेको ४० मिनेटको अवधिमा बजार ३ प्रतिशतले घटिसकेको छ । यो अवधिमा बजार ३६ दशमलव ८५ अंकले घटेर १ हजार १ सय ८३ दशमलव ५९ को बिन्दुमा पुगेको छ ।

अब बजार ११ बजेर ५५ मिनेट जाँदा खुल्नेछ ।

कारोबारमा आएका ८७ कम्पनीमध्ये तीन कम्पनी बाहेक अन्य कम्पनीको शेयर मूल्य घटेको छ । शेयर मूल्य बढ्नेमा प्रिमियर इन्स्योरेन्स, तारागाउँ रिजेन्सी होटल र वरुण हाइड्रोपावर रहेका छन् ।

प्रकाशित : १२ चैत्र २०७४, सोमबार ११:५६