यी माग पुरा नभए इन्भेष्टर्स फोरम अान्दोलनमा जाने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

यी माग पुरा नभए इन्भेष्टर्स फोरम अान्दोलनमा जाने



काठमाडाैै । नेपाल इन्भेष्टर्स फोरमले सेयर बजार सुधारका लागि दिएका अाफ्ना सुझाव वेवास्ता गरे अान्दोलन गर्न चेतावनी दिएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै फोरमले ७ दिनभित्र पूरा नभए आन्दोलनमा उत्रिने बताएको छ ।

सेयर बजार धरापमा परिसकेको भन्दै १ साताभित्र पनि सुधारका काम अघि नसारिए चरणबद्ध आन्दोलनमा उत्रिने इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेलले बताए । लगानीकर्ताको हितका लागि अब आन्दोलनमा उत्रिनुबाहेक अन्य विकल्प नरहेको बताए ।

 

नेपालको पूँजी बजारको इतिहासमा सबै भन्दा बढि पूँजीकृत रकम रु. ८ खर्व ३६ अर्व गुमाउदा सरकार र यसका अन्य निकायहरु मौन रहनुले १५ लाख भन्दा बढि लगानीकर्ताहरु मर्माहत भएको फोरमको भनाइ छ ।

मूलूकले दशकौको राजनीतिक अन्योललाई पार गर्दै अबका दिनमा मुलुक आर्थिक विकास र समृद्धिको नयाँ गोरेटोमा प्रवेश गर्नेछ भन्ने नयाँ सरकारको उद्घोषले निकै उत्साहित लगानीकर्ताहरुमा अर्थतन्त्रको ऐनाको रुपमा रहेको शेयर बजार निरन्तर रुपमा घटिरहनु र जिम्मेवार निकायहरु बेखबर जस्तै रहनुले भनाई र गराईमा फरक रहेको फोरमको अारोप छ ।

विगतमा जिम्मेवार निकायहरुको अदुरदर्शी नीतिका कारण आज मुलुकले गम्भिर रुपमा लगानी योग्य पूँजी तथा तरलताको अभाव खेपिरहेको  पाैडेलले बताए  । सोहि गलत नीतिको कारणले पूँजी बजारमा आपूर्ति बढ्न गएको तर आपूर्ति कै कारणले बजार घटबढ नभई जिम्मेबार निकायहरुको पूँजी बजार प्रतिको दृष्टिकोण र कमजोर प्रबिधि, पूर्वाधार तथा लगानीकर्ता मैत्री ऐन कानूनहरु नहुनु नै प्रमुख रुपमा जिम्मेवार भएको फोरमको भनाइ छ।

यस्ता छन माग

प्रकाशित : १२ चैत्र २०७४, सोमबार १९:२८