बुटवल पावरको ४० लाख ८१ हजार कित्ता शेयर बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

बुटवल पावरको ४० लाख ८१ हजार कित्ता शेयर बाँडफाँड



काठमाडाै । बुटवल पावर कम्पनी लिमिटेडको ४० लाख ८१ हजार कित्ता शेयर  बाँडफांड भएको छ । बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले आज एफपिओ बाँडफांड गरेको हो । कुल ८५ हजार ६ सय १४ आवेदन मध्ये ८४ हजार ८ सय ४ आवेदन मात्र योग्य भएको छ । ८४ हजार ८ सय ४ आवेदकलाई कुल २८ लाख ५९ हजार १ सय ७० कित्ता शेयर बाँडफाड गरिएको छ ।

कम्पनीले माघ १५ गतेदेखि फागुन १५ गतेसम्म ४० लाख ८१ हजार कित्ता एफपिओ निष्कासन गरेको थियो ।

सर्वसाधारणका लागि जारी गरेको यस एफपीओमा निर्धारित अवधिमा सर्वसाधारणले पूर्ण आवेदन नगरेकाले माघ २६ देखि सङ्गठित संस्थाका लागि समेत आवेदन खुला गरिएको थियो ।

प्रकाशित : १४ चैत्र २०७४, बुधबार ११:१६