भैरवी रथयात्रा नेपाली सेनाको सहयोगमा गराइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भैरवी रथयात्रा नेपाली सेनाको सहयोगमा गराइने

प्रकाशित मितिः १ असार २०७९



नुवाकोट। नुवाकोटको प्रसिद्ध सिन्दूरेजात्राको अवसरमा आयोजना गरिने भैरवी मन्दिरको रथयात्रा यसवर्ष नेपाली सेनाको सहयोग लिइने भएको छ ।

रथ यात्राका लागि देवीघाटस्थित श्रीनाथ गणमार्फत ६० नेपाली सेनाको टोली जात्रापर्व शुरु हुने दिन(यही चैत १६) देखि१९ गतेसम्म परिचालन गर्न लागिएको हो ।

विदुर नगरपालिका–२ स्थित भैरवी मन्दिरका पूजारी एंव धामी हरिमानसिंह डंगोल (जीवित भगवान्) लगायतलाई हरेक वर्ष चैतशुक्ल पूर्णिमाको अवसरमा विदुर नपा–५ देवीघाटस्थित जालपादेवी मन्दिरसम्म भैरवी रथयात्रा गराइदै आएको छ । भैरवीदेवीको भगवान् सहितको रथयात्रा परम्परादेखि नै सूर्यगढी गाउँपालिका–१ लच्याङका तामाङ समुदायबाट हँुदै आए पनि उनीहरुले बोक्न अस्वीकार गरेपछि सेनामार्फत रथ बोक्ने निर्णय भएको नुवाकोट मौला अमालकाद्धारे महेन्द्रकुमार शाहीले जानकारी दिए ।

साविक लच्याङ गाविसको वडा नं २ र ९ बाहेक भैरवी गुठीको जग्गा उपभोग गर्दै आएका स्थानीय बासिन्दाबाट रथयात्रा गराइँदै आएकामा उक्त जग्गा रैकर हुनुपर्ने माग गर्दै उनीहरुले गएको वर्षदेखि रथ बोक्न इन्कार गर्न थालेका हुन् ।

गएको वर्ष अन्तिम समयमा रथ बोक्न नमानेपछि पहिलो पटक रथलाई सवारीसाधनमार्फत जात्रा गराइएको थियो । यो जात्रा मल्लकालीन समयदेखि नै चल्दै आएकामा नुवाकोटमाथि पृथ्वीनारायण शाहले विजय गरेपश्चात व्यवस्थित रुपमा मनाउन थालिएको पाइन्छ । यो वर्षको ‘भैरवी वर्षबन्ध’ गत फागुन २३ देखि यही चैत २७ गतेसम्म सञ्चालन हुने भए पनि रथयात्राको मुख्य रौनक चैत १६गतेदेखि÷१९ गतेसम्म चल्ने धामी हरिमानसिंह डंगोलले जानकारी दिए ।

प्रकाशित : १४ चैत्र २०७४, बुधबार १२:३८