मुक्तिनाथ विकास बैंकको नयाँ शाखा दाङ्गको तुलसीपुरमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा दाङ्गको तुलसीपुरमा



काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले दाङ्गको तुलसीपुर उप–महानगरपालिका ५ “ग” लाइनमा शाखा कार्यालय विस्तार गरेको छ । सो शाखा कार्यालयको दाङ्ग क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य हिराचन्द्र केसीले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले आगामी दिनमा ग्राहकको सल्लाह र सुझाव बमोजिम उत्कृष्ट सेवा प्रदान गर्दै जाने प्रण गरे । हाल बैंकले अबलम्बन गरेको मोडेल देशको आवश्यकता रहेकोले सोही बमोजिम बैंकले काम गर्ने बाचा पनि उनले गरे ।

प्रकाशित : १५ चैत्र २०७४, बिहीबार १२:३४