तीन हजार नागरिकको स्वास्थ्य बीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तीन हजार नागरिकको स्वास्थ्य बीमा



खोटाङ । सरकारले सञ्चालन गरेको पहिलो चरणको स्वास्थ्य बीमा अभियानमा जिल्लाका तीन हजार १४२ नागरिकले आफ्नो नाम दर्ता गराएका छन् ।

उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन बाध्य नागरिकको जीवनरक्षाका लागि सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमबापतको सेवा सुविधा प्राप्तिका लागि उनीहरुले बीमा गरेका हुन् ।

नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकुले जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत थालेको उक्त अभियानका क्रममा सर्वसाधारणले स्वास्थ्य बीमाका लागि नाम दर्ता गरेर परिचयपत्र लिएको जिल्ला अस्पतालका प्रमुख डा रामबहादुर केसीले जानकारी दिनुभयो । जिल्लामा गत पुस २४ गतेदेखि दर्ता सहयोगीमार्फत बिमितको स्वास्थ्य बीमाका लागि नाम दर्ता एवं परिचयपत्र वितरण शुरु गरिएको थियो ।

गत कात्तिकदेखि पुससम्म नाम दर्ता भएका नागरिकले फागुन १ गतेबाटै स्वास्थ्य बीमाको शर्त अनुसारका सेवासुविधा लिन थालेको अस्पतालले जनाएको छ । सर्वसाधारण स्वास्थ्य बीमातर्फ आकर्षित भएका छन् । स्वास्थ्य बीमाको पूर्व तयारीमा जिल्लाका सबै नगर÷गाउँपालिकामा आवश्यक अभिमुखीकरण कार्यक्रम सञ्चालनपछि ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्र, चिसापानी प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पतालसँगै छिमेकी जिल्लाका अस्पताल तथा सरकारी अस्पतालबाट बीमाको शर्त अनुसारका स्वास्थ्य सेवा लिन पाउनेगरी स्वास्थ्य बीमा गरिएको हो ।

हरेक वडामा नियुक्त गरिएका स्वास्थ्य बीमा दर्ता सहयोगीले अहिले पनि स्वास्थ्य बीमाका लागि नाम दर्ता एवं परिचयपत्र वितरणको काम गरिरहेका छन् । पाँच जनासम्मको परिवारले वार्षिक रुपमा रु दुई हजार पाँच सयको स्वास्थ्य बीमा गरेपछि बिरामी परेका समयमा वार्षिक रु ५० हजारको स्वास्थ्य उपचार पाउने थाहापाएपछि सर्वसाधारण स्वास्थ्य बीमाप्रति आकर्षित भएकाख हुन् ।

पाँच जनाभन्दा बढी सदस्य भएका परिवारले स्वास्थ्य बीमा गर्न थप प्रतिव्यक्ति रु ४५० का दरले शुल्क बुझाउनुपर्छ भने उपचार खर्च रु ५० हजारमा प्रतिव्यक्ति थप रु १० हजारका दरले बढी पाउने सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले जनाएको छ ।

प्रकाशित : १५ चैत्र २०७४, बिहीबार १२:५०