एनसिएल टावरमा आगलागी गराएको आरोपमा दुईजना पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनसिएल टावरमा आगलागी गराएको आरोपमा दुईजना पक्राउ



 इलाम। एनसिएलको टावरमा आगलागी गराएको आशंकामा आज दुई जनालाई जिल्ला प्रहरीले पक्राउ गरेको छ । इलाम नगरपालिका– १ साजेजुङमा रहेको टावरमा आज बिहान आगलागी गराएको आशंकामा विशाल राई र विमल राईलाई प्रहरीले पक्राउ गरेको हो ।

बिहान करिब ३ बजे आगलागी भएको थियो । आगलागीपछि खोजतलास गर्ने क्रममा सोही ठाउँ निवासी उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख विपीन कर्माचार्यले जानकारी दिनुभयो । पक्राउ परेकामध्ये विशाल किराँत मुक्तिमोर्चाका जिल्ला अध्यक्ष समेत भएको र उनी गएको चुवानमा पनि पक्राउ परेका थिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

आगलागीबाट जेनेरेटर, टावर, उपकरण र तारमा क्षति पुगेको र क्षतिको यकिन तथ्यांक आउन बाँकी रहेको बताइएको छ ।

प्रकाशित : १५ चैत्र २०७४, बिहीबार १४:४१