शान्ति कायम गर्न सबैको भूमिका हुनुपर्छ ः प्रधानमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

शान्ति कायम गर्न सबैको भूमिका हुनुपर्छ ः प्रधानमन्त्री



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा शान्ति र समृद्धि कायम गर्न प्रत्येक नेपाली नागरिकको उत्तिकै भूमिका हुने बताउनुभएको छ ।

नेपाल जैन परिषद्ले  आज आयोजना गरेको ‘ भगवान महावीरको २६१७ औं जन्मकल्याण महोत्सव’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुक निर्माणमा आ–आफ्नो ठाउँबाट सक्दो भूमिका निर्वाह गर्न सबैसँग अपिल गर्नुभयो ।

“मुलुकमा संविधान जारी भइसकेको छ, अब सरकारको एक मात्रै एजेण्डा विकास र समृद्ध हो, समाजमा शान्ति सु–व्यवस्था कायम गर्न हरेक व्यक्तिको योगदान महत्वपूर्ण हुन्छ”–प्रधानमन्त्री ओलीले भन्नुभयो ।

समाजलाई शान्तिपूर्ण गोरेटोमा हिँडाउन महावीर जैनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारको एकल प्रयासले मात्र समाजमा शान्ति ल्याउन कठिन भएको बताउनुभयो ।

२६१७ वर्ष अघि जन्मनुभएका महावीर जैनको सान्दर्भिकता अझै रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । उहाँले अब सबै जातजाति, धर्म, सम्प्रदायको सुख र समृद्धिसँगै मुलुक निर्माण र संघीय लोकतान्त्रिक गणतन्त्रको प्रवद्र्धन गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रकाशित : १५ चैत्र २०७४, बिहीबार १५:४२