नेपाल इन्स्योरेन्सको हकप्रद बैशाख ५ गतेदेखि निष्कासन हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल इन्स्योरेन्सको हकप्रद बैशाख ५ गतेदेखि निष्कासन हुने



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको शत प्रतिशत शेयर २०७५ बैशाख ५ गते देखि निष्कासन हुने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख १९ हजार ८८६ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको हकप्रदमा चैत्र २२ गतेसम्म कायम शेयरधनीहरुले २०७५ वैशाख ५ गतेदेखि जेठ ८ गतेसम्म आवेदन गर्न पाउनेछन् ।

हाल कम्पनीको चुक्तापूँजी ३० करोड १९ लाख ८८ हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपश्चात कम्पनीको चुक्ता पूँजी ६० करोड ३९ लाख ७७ हजार २२० कित्ता पुग्नेछ । कम्पनीले शतप्रतिशत हकप्रदले समेत पाउने गरि २ दशमलव २६२ प्रतिशत बोनस प्रस्ताव समेत गरेको छ । बोनसपछि कम्पनीको पूँजी ६१ करोड ७६ लाख ३८ हजार ७०५ रुपैयाँ पुग्नेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको शेयरमा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, नेपाल इन्स्योरेन्सको सम्पूर्ण शाखा कार्यालय र आस्वा प्रणालीमा सहभागि बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।

प्रकाशित : १८ चैत्र २०७४, आईतवार ११:२९