जनता बैंकको १४.४० प्रतिशत बोनस सेयर पाउन पहिला कर तिर्नु पर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जनता बैंकको १४.४० प्रतिशत बोनस सेयर पाउन पहिला कर तिर्नु पर्ने



काठमाडौं । जनता बैंकको १४.४० प्रतिशत बोनस सेयर पाउन पहिला कर तिर्नु पर्ने भएको छ । बोनसमा लाग्ने कर तिरेपछि मात्र लगानीकर्ताको खातामा सेयर पठाइने बैंकले जानकारी गराएको छ ।

गत असार ३० गतेपछि सेयरधनी बनेकाहरुले बोनस पाउन कर तिर्नुपर्ने भएको हो । सेयरधनीले जनता बैंकको खाता नम्बर २३६००००१९ वा ज्योति विकास बैंकमा रहेको काठमाडौं क्यापिटल मार्केटको खाता नम्बर ००१००१०००९०४५८०००००१ मा जम्मा गर्नुपर्नेछ ।

कर बापत लाग्ने रकम बुझाएपछि भौचर काठमाडौं क्यापिटल कमलादीमा बुझाउनुपर्नेछ । अनि मात्र बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा हुनेछ । यता, बोनस सेयरमा कर तिर्नु नपर्ने सेयरधनीलाई भने सीडीएस एन्ड क्लियरिङ लिमिटेडमा बोनस सेयर सचीकृत गराएपछि डिम्याट खातामा जम्मा गरिने बैंकले जानकारी गराएको छ । जनताको पुस २८ मा सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट १४.४० प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरिसकेको छ ।

प्रकाशित : १८ चैत्र २०७४, आईतवार १४:१४