२४ दशमलव ०५ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

२४ दशमलव ०५ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको पहिलो दिन आज आइतबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स २४ दशमलव ०५ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका सबै समुहले गुमाएका छन । आज कारोबारमा आएका १५७ कम्पनीको १२ लाख ८३ हजार १३ कित्ता सेयरबाट ३१ करोड २३ लाख ९४ हजार ३ सय ७९ रुपैयाको कारोबार भएको छ।
आइतबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समह १ सय ४८ दशमलव ७७ अंकले ओरालो लागेको छ। आज जलविधुत समुह ३७ दशमलव १४ अंकले,विकास बैँक समुह ३६ दशमलव १ अंकले, होटल समुह २७ दशमलव २९ अंकले,लघुवित्त समुह २६ दशमलव २४ अंकले, बैँक समुह २२ दशमलव ०१ अंकले, उतपादनमुलक समुह १५ अंकले, फाइनान्स समुह ७ दशमलव ७१ अंकले र अन्य समुह ५ दशमलव ६७ अंकले ओरालो लागेको छ ।

प्रकाशित : १८ चैत्र २०७४, आईतवार १५:३१