एमालेले बुझाएन निर्वाचन खर्च « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एमालेले बुझाएन निर्वाचन खर्च



काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले प्रतिनिसभा निर्वाचनमा समानुपातिकतर्फ गरेको निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा बुझाएको छैन। निर्वाचन आयोगले दलहरुले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ गरेको खर्चको विवरण बुझाउन ५ चैतसम्मको समय दिएकोमा एमालेले तोकेको मितिभन्दा १३ दिन बढी हुँदा समेत खर्च विवरण बुझाएको छैन।

निर्वाचन आयोगका अनुसार एमालेबाहेक मुख्य दल नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टीसहित साना दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा प्रजातन्त्रिक, नेपाल मजदुर किसान पार्टी, विवेकशील साझा पार्टी, नयाँ शक्ति पार्टी , चुरेभावर पार्टी, मंगोल नेसनल अर्गनाइजेशन, राष्ट्रिय शिवसेना पार्टी, राष्ट्रिय जनमुक्ति पाटी, नेपाल दर्शन पार्टी लगायतले भने प्रतिनिधिसभा निर्वाचनमा गरेको समानुपातिक निर्वाचन प्रणालीतर्फको खर्च विवरण बुझाएका छन्। राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित : १९ चैत्र २०७४, सोमबार ०८:४४