स्वरोजगार लघुवित्तको शत प्रतिशत हकप्रद शेयर आउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्वरोजगार लघुवित्तको शत प्रतिशत हकप्रद शेयर आउने



काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको शत प्रतिशत हकप्रद शेयर आउने भएको छ । कम्पनीले हकप्रद निष्कासनका लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा १२ करोड २४ लाख ९७ हजार ७६० रुपैयाँ बराबरको १२ लाख २४ हजार ९७७.६० कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको कात्तिक २८ गते बसेको नवौं साधारणसभाले उक्त अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : १९ चैत्र २०७४, सोमबार ११:२४