ठूला होटल र रेस्टुराँहरुले अब आफैं बियर उत्पादन गरी बिक्री–वितरण गर्न पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ठूला होटल र रेस्टुराँहरुले अब आफैं बियर उत्पादन गरी बिक्री–वितरण गर्न पाउने



काठमाडौं । ठूला होटल र रेस्टुराँहरुले अब आफैं बियर उत्पादन गरी बिक्री–वितरण गर्न पाउने भएका छन् ।

सरकारले ‘माइक्रोब्रुअरी’ खोल्न दिने निर्णय गरेसँगै अब होटल तथा रेस्टुराँहरुले आफैं बियर उत्पादन गरी विक्री–वितरण गर्न पाउने भएका हुन् ।

औद्योगिक प्रवद्र्धन बोर्डको २ सय १६औं बैठकले माइक्रोबु्रअरी स्थापनाका लागि इजाजत दिने निर्णय गरेको हो ।

माइक्रोबु्रअरीसहितको रेस्टुराँ पर्यटन उद्योगको रुपमा वर्गीकरणमा समावेश गर्नका लागि नेपाल राजपत्रमा सूचना प्रकाशित गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी गराइएको छ ।

माइक्रोबु्रअरीबाट उत्पादन हुने बियरमा अल्कोहलको मात्रा अधिकतम ७ प्रतिशतसम्म हुनुपर्ने, माइक्रोबु्रअरी पक्की भवनमा स्थापना हुनुपर्ने, ‘क्लिन इन प्रोसेस फसिलिटी’ तथा प्रयोगशालाको व्यवस्था हुनुपर्ने, यसमा प्रयोग हुने टयांक एवं पाइपलाइन ‘स्टेनलेस स्टिल’को हुनुपर्नेलगायतका मापदन्ड पनि तय गरी स्वीकृत गरिएको उद्योग मन्त्रालयले जानकारी गराएको छ ।

प्रकाशित : ६ आश्विन २०७२, बुधबार १५:१३