बाह्र मेगावाट क्षमताको दोर्दी–१ निर्माण कार्य शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बाह्र मेगावाट क्षमताको दोर्दी–१ निर्माण कार्य शुरु



लमजुङ। बाह्र मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत् आयोजनाको निर्माण कार्य शुरु भएको छ । आयोजनाको मुख्य सुरुङको शिलान्यास गरी आइतबारदेखि निर्माण कार्य शुरु भएको हो ।

करीब रु दुई अर्बको लागतमा निर्माण हुन लागेको सो आयोजना दुईवर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजना प्रमुख उज्ज्वल सिलवालले बताए ।

आयोजनामा सानिमा बैंक, लक्ष्मी बैंक, कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक, कैलाश विकास बैंकसँग ऋण सम्झौता भएको छ । आयोजनामा लमजुङ विद्युत् विकास कम्पनी (लेड्को) र पब्लिक शेयरबाट संकलित रकमको लगानी छ ।

दोर्दी खोला जलविद्युत् कम्पनी लिको प्रवद्र्धनमा बन्ने यो आयोजनामा दुई हजार ५०० मिटर लामो सुरुङ निर्माण हुनेछ भने ७०० मिटर पाइपलाइन रहने बताइएको छ । आयोजनाको ठेकेदार कम्पनी माउन्टेन इन्फ्लाले सुरुङ र सिभिल वर्कको जिम्मा लिएको छ ।

प्रकाशित : १९ चैत्र २०७४, सोमबार १३:२६