सहकारी विपन्नको घरः मन्त्री खनाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सहकारी विपन्नको घरः मन्त्री खनाल



काठमाडौँ / कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले विपन्न व्यक्ति र समुदायको आर्थिक उन्नतिमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताएका छन ।

‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ अभियानका साथ चैत २१ र २२ गते काठमाडौँमा हुन गइरहेको दोस्रो राष्ट्रिय सहकारी महासम्मेलनको पूर्व तयारीका सन्दर्भमा एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले सो कुरा बताए ।

 

उनले सहकारीको जगमा उभिएर आर्थिक उपलब्धि हासिल गर्दे सहकार्यमार्फत सामाजिक रुपान्तरणको अभियानमा लाग्न सहकारी अभियानकर्मीलाई आग्रह गरे ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले महासम्मेलनले कृषि तथा गैरकृषि क्षेत्रको विकास, पूँजी निर्माण, सामाजिक एकीकरण, नेतृत्व विकास, लैंगिक समानता, उद्यमशीलताको विकासका साथै गरिबी न्यूनीकरणमा योगदान पु¥याउने उद्देश्य लिएको जानकारी दिए।

महासम्मेलनमा भारत, चीन, जापान, कोरिया, मलेसिया, सिंगापुर, श्रीलंका, पाकिस्तानलगायत मुलुकका सहकारी अभियन्ताको उपस्थिति रहनेछ ।

नेपालको पहिलो सहकारी संस्था चितवनको बखानसिंह सहकारी संस्था हो । सो संस्थाको स्थापना २०१३ चैत २० गते भएको हो । सोही दिनको सम्झनामा विसं २०७० बाट महासम्मेलन गरिँदै आएको छ ।

कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको आयोजनामा हुन गइरहेको उक्त महासम्मेलनमा कार्यक्रममा देशभरका विभिन्न सहकारी संस्थाको उपस्थिति रहनेछ ।

प्रकाशित : २० चैत्र २०७४, मंगलवार १८:५३