नेपाल इन्स्योरेन्सको शेयर मूल्य कति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल इन्स्योरेन्सको शेयर मूल्य कति



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले नेपाल इन्स्योरेन्स कम्पनी को शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको शत प्रतिशत हकप्रद पछिको मूल्य ५ सय ३ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ६ सय ९४ रुपैयाँ २५ पैसा लिइएको थियो ।

कम्पनीले बैशाख ५ गते देखि १ बराबर १ को अनुपातमा हकप्रद शेयरको बिक्री खुला गर्देछ । हकप्रद शेयरमा बिहीबारसम्म (चैत्र २२ गते) सम्म कायम शेयरधनीले मात्रै आवेदन गर्न पाउनेछन् ।

नेपाल इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित मूल्यका ३० लाख १९ हजार ८८६ कित्ता शेयर बिक्री गर्न लागेको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : २५ चैत्र २०७४, आईतवार ११:३२