सेयर बजार उचालियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सेयर बजार उचालियो



काठमाडौं । आइतबार शेयर बजार परिसुचक नेप्से उच्च अंकले बढेको छ । आज बजार उतारचढावका बीच ४४ दशमलव २६ अंकले बढेर १ हजार २ सय ९४ दशमलव ६५ को बिन्दुमा पुगेको छ ।

परिसुचक बढेसँगै आज कारोबार रकम करिब अर्ब नजिक पुगेको छ । यसदिन १७६ कम्पनीको ९१ करोड ७७ लाख ८ हजार ९५९ रुपैयाँको शेयर किनबेच भएको छ ।

गत साताको अन्तिम दिन बिहीबार ६१ करोड रुपैयाँको कारोबार भएको बजारमा आज कारोबार रकम ५० प्रतिशत अर्थात ३० करोड रुपैयाँले बढेको हो ।

कारोबारमा आएका १७६ कम्पनीमध्ये नबिल बैंकको सबैभन्दा बढी ३ करोड रुपैयाँ माथिको शेयर किनबेच भएको छ । त्यस्तै प्रभु इन्स्योरेन्सको २ करोड ६६ लाख रुपैयाँ, एभरेष्ट बैंकको २ करोड ४३ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक, नेपाल बंगलादेश बैंक, नेपाल लाइफ इन्स्योरेन्स बैंक, शिखर इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकको २ करोड रुपैयाँमाथिको शेयर किनबेच भएको छ ।

प्रकाशित : २५ चैत्र २०७४, आईतवार १५:१७