देवः विकास बैंकको हकप्रद शेयर निष्कासन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

देवः विकास बैंकको हकप्रद शेयर निष्कासन



काठमाडौं  । देवः विकास बैंकको हकप्रद शेयर निष्कासन भएको छ । कम्पनीको चुक्ता पूँजीको ४० प्रतिशत हकप्रदको बिक्री चैत २६ गते आजदेखि बिक्री खुल्ला भएको हो ।

साझा विकास बैंक र युनियन फाइनान्स प्राप्तीपछि कायम चुक्ता पूँजी १ अर्ब ६३ करोड ३२ लाख रुपैयाँको १० बराबर ४ अनुपातमा ६५ लाख ३३ हजार १०८.५९ कित्ता शेयर निष्काशन गरेको हो ।

बैंकको शेयरमा फागुन १६ गतेसम्म कायम रहेका शेयरधनीले वैशाख ३० गतेसम्म मात्रै आवेदन दिन पाउनेछन् ।
बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यपिटल रहेको छ ।

हाल बैंकको चुक्ता पुँजी १ अर्ब ६३ करोड ३२ लाख ७७ हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी २ अर्ब २८ करोड ६५ लाख ८७ हजार ८५९ रुपैयाँ पुग्नेछ ।

बैंकको हकप्रदलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ प्रदान गरेको छ । जसले बैंकको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्दछ ।

प्रकाशित : २६ चैत्र २०७४, सोमबार १०:४९