वित्तिय संघियता विज्ञ खिमलाल देवकोटाले देखेका सहकारीका १२ समस्याहरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

वित्तिय संघियता विज्ञ खिमलाल देवकोटाले देखेका सहकारीका १२ समस्याहरु



सहकारी आन्दोलनले प्रत्यक्ष । परोक्ष रुपमा मुलुकको समाजिक आर्थिक रुपान्तरणमा सहयोग पुर्याएका छन् । हरेक सिक्का का दुइपाट जस्तै सहकारी सञ्चालनमा पनि केही समस्या तथा द्धिविधाहरु छन् । जस्तै सहकारी मूल्य, मान्यता जस्ता समान्य ज्ञानको कमी, खराब नियत भएका मानिसहरुको संलग्नता, अनुत्पादक क्षेत्रमा लगानी, फितलो नियमन तथा अनुगमन प्रणालीमा अपारदर्शीता आदि । यसका अतिरिक्त थप प्रतिनिधिमुलक समस्याहरु देहाय अनुसार छन् ।

१) सहकारीकर्मीमा विषयगत दक्षताको कमी ।

२) एकै प्रकृतिका सहकारीहरुमा अस्वस्थ प्रतिस्पर्धा हुनु ।

३) केही व्यक्तीले सहकारीलाई निजी व्यापारको रुपमा प्रयोग गर्नु ।

४) समाजिक उतरदायित्वको रुपमा नलिने प्रवृति हावी हुनु ।

५) केही सहकारीका उपयुक्त कागजात । धितो बिना ऋण लगानी तथा आफु अनुकुल ऋण लगानी गर्नु ।

६)संचालक समिति र लेखा समितिमा रहेका व्यक्ती निश्पक्ष, ईमान्दार र बिषयबस्तुमा जानकार नहुँनु ।

७)कर्मचारी पनि बिषय विज्ञ भन्दा पनि आफु अनुकुल रहनु ।

८)सहकारी हित विपरित काम गर्ने सञ्चालक, सदस्य खराब ऋणीलाई कारबाही गर्ने, बिगो रकम असुल गर्ने कमजोर संयन्त्र हुनु ।

९) उत्पादक र उपभोक्ता सहकारी मार्फत बजार विस्तार भन्दा अधिकांश सहकारी बचत तथा ऋणमा सीमित भै व्याज असुलीमा मात्रै रमाउने प्रवृति रहनु ।

१०)केही सञ्चालक व्यवस्थापकबाट सहकारीमा प्राप्त रकम चुस्त नगरी अपचलन गर्ने प्रवृति देखापर्नु ।

११) नियमित रुपमा बैठक, योजना तर्जुमा , लेखा परिक्षण, साधारण सभा आदी नहुनु ।

१२) आम सदस्यले सहकारी सञ्चालनमा चासो नलिनु आदी ।

 

दोस्रो सहकारी महासम्मेलनमा प्रस्तुत कार्यपत्रको आधारमा

 

प्रकाशित : २६ चैत्र २०७४, सोमबार १२:५७