नेप्सेमा चलखेल जारी, छिनमा उफ्रने छिनमा थेचारिने ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्सेमा चलखेल जारी, छिनमा उफ्रने छिनमा थेचारिने ?



काठमाडाै । सोमबार शेयर बजार परिसुचक नेप्सेमा सामान्य गिरावट आएको छ । निकै उतारचढाव देखिएको बजार ७ दशमलव ५२ अंकले घटेर १ हजार २ सय ८७ दशमलव १३ को बिन्दुमा पुगेको छ ।

शुरुवाती ३० मिनेटसम्म लगातार बढेको बजार दिनभरी उतारचढाव रहेकाे बजार अन्तमा राताम्मे भएर बन्द भएको हो ।

परिसुचक घटेपनि कारोबार रकम भने आज पनि अर्ब नजिक नै पुगेको छ । आइतबार ९१ करोड रुपैयाँको शेयर किनबेच भएको बजारमा सोमबार १६९ कम्पनीको ९४ करोड २० लाख ९३ हजार ४०९ रुपैयाँको शेयर खरिदबिक्री भएका छन् ।

बैंक अफ काठमाण्डू लिमिटेडको १२ करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ । त्यस्तै नबिल बैंकको ३ करोड ५५ लाख रुपैयाँ माथि, बुटवल पावर कम्पनीको २ करोड ४९ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ । स्ट्यान्डर चार्टर्ड बैंक, प्रभु इन्स्योरेन्स र नेपाल लाईफ इन्स्योरेन्सको पनि २ करोड रुपैयाँ धेरैको शेयर कारोबार भएको हो ।

प्रकाशित : २६ चैत्र २०७४, सोमबार १५:३७