आइएमई जनरल इन्स्योरेन्स र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघबिच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आइएमई जनरल इन्स्योरेन्स र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघबिच सम्झौता



काठमाडौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मौरीपालन केन्द्रीय सहारी संघ लिमिटेड बिच संघसंग आवद्ध मौरीपालक कृषकहरुको मौरीको बीमा गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक शरण रेग्मी र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष अर्जुन प्रसाद पोखरेलले संयुक्त रुपमा हस्ताक्षर गरे । यस सम्झौता पश्चात नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडसंग आवद्ध सबै मौरीपालक कृषकहरुको मौरीको बीमा हुनेछ ।

सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक शरण रेग्मीले बीमा बजारमा मौरीको बीमा गर्ने बीमालेख भएतापनि आजसम्म खासै मौरीपालक कृषकहरुले आफना मौरीहरुको बीमा गराईनसकेकोे अवस्थामा संघसंगको संझौताबाट थोरै बीमा शुल्कबाट मौरीपालक कृषकहरुले आफना मौरीको बीमा गरी ढुक्कसंग आफनो व्यावसायलाई विस्तार गर्न उत्साह पुग्ने बताए । साथै सोही अवसरमा संस्था तथा संस्थासंग आवद्ध सदस्य महानुभावहरुलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे े ।

उक्त कार्यक्रममा कम्पनीका नायव महाप्रबन्धक श्री शरण रेग्मीले कम्पनीले बैंक तथा वित्तीय संस्थाहरु, व्यापारिक प्रतिष्ठानहरु, उद्योगी तथा व्यापारी लगायत सम्पूर्ण ग्राहक महानुभावहरुसंग सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै बीमा क्षेत्रमा उच्चकोटीको सेवा प्रदान गर्दै कम्पनी अगाडी बढि रहेको जानकारी दिएु । सोही अवसरमा कम्पनीका नायव महाप्रबन्धक श्री पवन थापाको पनि उपस्थिीति रहेको थियो ।

प्रकाशित : २६ चैत्र २०७४, सोमबार १७:४७