शेयर बजारमा सुधारको संकेत न्यून ,नेप्से दोहोरो अंकले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

शेयर बजारमा सुधारको संकेत न्यून ,नेप्से दोहोरो अंकले घट्यो



काठमाडाै । मंगलबार नेप्सेमा गिरावट आएको छ । बजार अाज १७ दशमलव ५५ अंकले घटेर १ हजार २ सय ७० दशमलव २३ को बिन्दुमा आएको छ ।सोमबार एकल अंकले घटेको बजार आज दोहोरो अंकले घटेको छ ।

सेयर बजार परिसुचक नेप्से १७ दशमलव ५५ अंकले घटेर एक हजार २७० कायम भएको छ । कारोबार रकम पनि दुईतिहाई भन्दा बढिले घटेर जम्मा ३४ करोड रुपियाँमा सीमित भयो । हिजो कारोबार ९६ करोड रुपैयाँभन्दा बढिको कारोबार भएको थियो ।

कुनै पनि समूहको उपसुचक आज सुधार आउन सकेन । सबैभन्दा बढि उत्पादनमूलक समूहको उपसुचक तीन प्रतिशतभन्दा बढिले घटेको छ भने बाणिज्य बैंक समूहको उपसुचक एक दशमलव ३२ प्रतिशतले घटेको छ । त्यस्तै, जलविद्युत समूहको उपसुचक दुई दशमलव ६३ प्रतिशतले घटेको छ ।

प्रकाशित : २७ चैत्र २०७४, मंगलवार १५:३१