कांग्रेस चोकमा एनआईसी एशिया बैंकको नयाँ शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कांग्रेस चोकमा एनआईसी एशिया बैंकको नयाँ शाखा



गैडाकोटा । एनआईसी एशिया बैंकले नवलपुर जिल्लाको गैडाकोट स्थित कांग्रेस चोकमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । मंगलबार एक समारोहका बीच नयाँ शाखाको गैडाकोट नगरपालिकाकी प्रमुख छत्रराज पौडेल र बैक सञ्चालक समितिका सदस्य राजेन्द्र अर्यालले रिबन काटेर संयुक्त रुपमा गरेका थिए ।

सो अवसरमा बोल्दै मेयर छत्रराजले स्थानिय किायमा बैकिङ्ग सेवा नपुगेको अवस्थामा क वर्गको बैक गैडाकोट आउनु आर्थिक समृद्धिका लागि नयाँ कोसेढुगां भएको बताए । अब एआईसि बैकका कारण यहाँका व्यापारी, व्यवसायी तथा स्थानिय सर्वसाधारणलाई सहज पुग्ने विश्वास समेत व्यक्त गरेका थिए । बैंकको १७४ औ शाखाको रुपमा काग्रेसँचोकमा एटिएम सहित सेवा औपचारिक रुपमा आजबाट सुरु भएको बैंक संचालक समिति सदस्य राजेन्द्र प्रसाद अर्यालले बताए ।

‘क’ वर्गका बैंक मुख्य मुख्य सहरमा रहेको भएपनि गाउ गाउमा बिस्तार नभएको भन्दै एनआईसी एशिया बैंकले गाउ गाउमा शाखा बिस्तार लक्ष्य गर्ने लक्ष्य अनुसार आफुहरु गाउँ गाउँमा पुगेको बताए । सोहि अबसरमा गैडाकोट उद्योग बाणिज्य संघका अधयक्ष अमृत भट्टचनले बैङ्किङ्ग क्षेत्रमा बित्तिय तरलता भइरहेको बेला बैंकले शाखा सञ्जाल बिस्तार हुनेले आर्थिक विकासमा अगाडी बढिरहेको गैडाकोटवासीलाई सहज भएको बताए ।

कार्यक्रममा गैडाकोट नगरपालिकाकी उपमेयर विष्णुकुमारी कडेँल, वडा न ४ का वडा अध्यक्ष कृष्णपसाद न्यौपाने, बैकका क्षेत्रिय प्रबन्धक तिलक कार्की लगायतले बोलेृका थिए । बिराटनगरबाट सुरु भएको बैंकको अहिले देश भरि १ सय ९२ शाखा कार्यालय, १ सय ९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर, ४ ब्राञ्चलेस बैङ्किङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार १५४ अर्ब पुग्दा कुल कर्जा १०६ अर्ब छ भने कुल निक्षेप १३० अर्ब पुगिसकेको छ ।

प्रकाशित : २७ चैत्र २०७४, मंगलवार १६:१७