डीआइजी रमेश खरेलले राजीनामा दिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

डीआइजी रमेश खरेलले राजीनामा दिए



काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआइजी) रमेश खरेलले राजीनामा दिएका छन । सामाजिक संजाल फेसबुक मार्फत राजीनामा दिएको जानकारी संगै खरेलले नवनियुक्त प्रहरी महानिरीक्षकलाई बधाई तथा कार्यकालको शुभकामना समेत दिएका छन ।

खरेलले २९ बर्षको सेवा अवधीबाट अलगिने निर्णय गरेको भन्दै नेपाल प्रहरी संगठन तथा सम्पूर्ण प्रहरी परिवार र नेपाली दाजुभाई तथा दिदिबहिनी प्रति आभार प्रकट गरेका छन । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाललाई बढुवा गरेको थियो ।

सरकारले मंगलबार मात्रै डिआइजी सर्वेन्द्र खनाललाई महानिरिक्षक बनाएको थियो । आफूलाई काम गर्न अप्ठ्यारो पर्ने भन्दै खरेलले राजीनामा दिएका हुन् ।

सरकारले कार्य सम्पादन मूल्यांकनमा एक नम्बरमा रहेका खनाललाई प्रहरी महानिरिक्षक बनाएपछि नै खरेल राजीनामा दिने मनस्थितीमा पुगेका थिए ।

प्रकाशित : २८ चैत्र २०७४, बुधबार १४:४६