३ दशमलव १ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

३ दशमलव १ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । बुधबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्स ३ दशमलव १ अंकले उकालो लागेको छ। आज कारोबारमा आएका होटल, विकास बैँक,फाइनान्स र अन्य समुह बाहेक अरु सबै समुहले कमाएका छन् । आज कारोबारमा आएका १५८ कमपनीको ८ लाख ५९ हजार २ सय ८२ कित्ता सेयरबाट २८ करोड ८४ लाख ७८ हजार ७ सय ७२ रुपैयाको कारोबार भएको छ।
बुधबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ । आज इन्स्योरेन्स समुह ४२ दशमलव १ अंकले उकालो लागेको छ। आज उतपादनमुलक समुह १२ दशमलव ६ अंकले, जलविधुत समुह १० दशमलव ०२ अंकले,लघुवित्त समुह ४ दशमलव ७२ अंकले र बैँक समुह ३ दशमलव २७ अंकले उकालो लागेको छ ।
आज सबै भन्दा धेरै होटल समुहले गुमाएको छ । आज होटल समुह १७ दशमलव १४ अंकले ओरालो लागेको छ । आज विकास बैँक समुह ८ दशमलव ६१ अंकले, फाइनान्स समुह ३ दशमलव ३४ अंकले र अन्य समुह १ दशमलव ८४ अंकले ओरालो लागेको छ ।

प्रकाशित : २८ चैत्र २०७४, बुधबार १५:२४