राम्रो प्रतिफल दिने शेयर चाहियो ? यी ६ टिप्सलाई ध्यान दिनुस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

टिप्स

राम्रो प्रतिफल दिने शेयर चाहियो ? यी ६ टिप्सलाई ध्यान दिनुस



बम्पर रिटर्नको लागि शेयर बजारमा धेरै विकल्पहरु छन् । तर यो ख्याल गर्नुस कि यहाँ पैसा पनि डुब्छ । यस कारण विभिन्न तरिकाले यसको अाफैले मुल्या‌ंकन जरुरी छ । ताकी तपाईले लगाएको पैसा बम्पर रिटर्न मिलोस ।

कम्पनीको भुत ,भविष्य र वर्तमानको अाकलन गर्नुस्

तपाई जुन कम्पनीको शेयर किन्न चहानुहुन्छ । त्यसले विगतमा गरेको कामका रेकड हुन्छन ।ति रेकडलाई समेत हेर्न सक्नु हुन्छ । त्यस्तै उसको वर्तमान पोलिसी र प्रोजेक्टलाई समेत हेरेर भविष्यमा कस्तो योजना ल्यादै छ भन्ने कुराको पनि ख्याल राख्न जरुरी छ । कुनै पनि कम्पनीको शेयर किन्दा होस या रोज्दा कम्पनीको करेन्ट अाउटलुकलाई हेरेर लिएको हुन्छ । कम समयमा बम्पर रिटर्न दिने शेयर भरोसा गर्न लायक हुँदैन । त्यसैले कुनै पनि कदम उठाउनु भन्दा अगाडी पुरा रिसर्च गर्नुस् । कम्पनीको बिजनेश मोडल राम्रो छ र कम्पनी मुनाफामा चलिरहेको छ भने लगानी लागि उपयुक्त नै हुन्छ ।

मुनाफालाई ख्याल गर्नुस

कुनै पनि कम्पनीको शेयर किन्नु भन्दा अगाडी उसको बटम लाइन टप लाइन र कर्जाको बारेमा जानकारी जुटाउन जरुरी हुन्छ । यसका लागि तपाईले त्यस कम्पनीको पुराना रिपोटको अध्ययन जरुरी छ । साथै लामो समय त्यसको बजार कस्तो रहयो भन्ने कुराको समेत ख्याल गर्न जरुरी छ ।

व्यवस्थापक कस्तो छ ?

जुन कम्पनीको शेयर खरिद गर्न चहानु हुन्छ । तपाईले त्यो कम्पनीको म्यानेजमेन्टको बारेमा समेत जानकार रहन जरुरी रहन्छ । व्यवस्थापन कस्तो छ भन्ने पता लगाउन समस्या भए तपाइले त्यो कम्पनीमा लगानी लगाउनुस जुन कम्पनीको व्यवस्थापन बारे राम्रोसंग जान्नु भएको छ । खास गरि कुनै शेयर महंगो भए त्यसको व्यवस्थापनको बारेमा पुर्ण जानकारी नभई पैसा नलगाउनुस ।

अनुमानमा नजानुस्

कुनै पनि अफवाह र अनुमानको खबरमा शेयर नकिन्नुस् । कुनै धुवादार खबर अाएको छ र त्यो शेयरको बारेमा तपाई त्यती जानकार नभएको खन्डमा शेयर नकिन्दा नै राम्रो हुन्छ । भोली गएर तपाईलाई त्यसले राम्रो प्रदर्शन गर्दा फाइदा लिन नपाउनु होला । तर त्यसमा तपाइ खुसी हुन पर्छ । किनकी नजानेर हालेको शेयरबाट भोली गडबड भएको खन्डमा तपाईको पैसा त डुब्न बाट जोगियो ।

डेट/इक्विटी रेशियो

यसबाट नै थहा पाउन सकिन्छ कि कम्पनीमा कति शेयर होल्डर छन र उनिहरुसंग कति कर्जा छ । सामान्यतया कम्पनीले दोस्रो संग प्रतिस्पर्धा गर्न कर्जा भन्दा बढी शेयर पुँजीबाट रकम जुटाएर काम गरेको छ भने त्यस कम्पनीमा लगानी गर्न राम्रो मानिन्छ ।

भ्यालुएशन

तपाइले खरिद गर्न चाहेको शेयर महंगो त छैन ? यसलाइ पता लगाउन अन्य कम्पनीको शेयरको मुल्य
र भ्यालुएशनको तुलना गर्नुस । यसको लागि पी/ई रेशियो (प्राइस / अानर्गस) को प्रोयोग राम्रो हुन्छ । यस्तै तपाइ कुनै बैंकको शेयर किन्दै हुनु हुन्छ भने पी/बी (प्राइस टु बुक) रेशियो बाट यसबारे जानकारी प्राप्त गर्न सक्नु हुन्छ ।

प्रकाशित : २१ कार्तिक २०७६, बिहीबार ११:३४