नेपाल लाइफ इन्स्योरेन्सले ७० प्रतिशत लामांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल लाइफ इन्स्योरेन्सले ७० प्रतिशत लामांश दिने



काठमाडाै । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अठारौं बार्षिक साधारण सभाले सेयरधनीलाई ७० प्रतिशत लामांश दिने निर्णय गरेको छ । सञ्चालक समितिको निर्णय अनुसार चुक्ता पूँजीको ४२ प्रतिशत बोनस शेयर तथा प्रति सेयर २८.५३ (कर सहित) रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।

बोनस सेयर बितरण पश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३९ करोड ६९ लाख रुपैयाँ हुने कम्पनी सचिव ओप प्रकाश पुडासैनीले जानकारी दिए ।

यसै गरि साधारण सभाबाट कम्पनीको अधिकृत पूँजी ८ अर्ब रुपैयाँ कायम गर्ने प्रस्ताव पारित भएको छ । कम्पनीको पूँजी संरचनामा रहेको सस्ंथापक र सर्वसाधारण शेयरको विद्यमान ७० र ३० अनुपातलाई परिवर्तन गरि संस्थापक र सर्वसाधारण शेयर स्वामित्व अनुपात ६० र ४० प्रतिशत कायम गर्ने प्रस्ताव सभाबाट स्वीकृत भएको छ ।

बुधबार वीरगञ्जमा सम्पन्न उक्त साधारण सभामा कम्पनीको अध्यक्ष गोविन्द लाल संघईले गत गर्ष कम्पनीले कुल बीमाशुल्क आम्दानीमा करिब ३३ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएको बताए । सर्वसाधारण समुहमा शेयर संरचनामा बृद्धि भई ४० प्रतिशत कायम हुँदा सर्वसाधारण सेयरधनीहरुको स्वामित्व एवं जिम्मेवारी अझ व्यापक एवं फराकिलो बन्ने अध्यक्ष संघाईको भनाई छ ।

प्रकाशित : २८ चैत्र २०७४, बुधबार १७:२५