उद्योगलाई अोलीले भने- म रेल ल्याउछु तपाईहरु निर्यातजन्य उत्पादनमा लाग्नुहोस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उद्योगलाई अोलीले भने- म रेल ल्याउछु तपाईहरु निर्यातजन्य उत्पादनमा लाग्नुहोस्



काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बिजुली हुदंैन कि भनेर उद्योग सञ्चालन गर्न नहिच्किचाउन अाग्रह गरेका छन् । उनले आगामी दुई वर्ष भित्र उद्योगलाई चाहिने जति बिजुली उपलब्ध गराउन सकिन े बताए । प्रधानमन्त्री ओलीले उद्योग व्यावसायको क्षेत्रमा अत्याधुनिक मोडल प्रयोग गरेर देशलाई आर्थिक समृद्वितर्फ लैजानुपर्ने पनि बताए ।

नेपाल उद्योग वाणिज्य महासंघको ५२ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवशको बुधबार उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले आगामी दुई बर्ष भित्र उद्योगलाई चाहिने जति बिजुली दिन सरकार सक्षम हुने पनि दाबी गरे ।

उनले नेपालमा चाँडै रेल सेवा सञ्चालन हुने भएकाले त्यसबाट फाइदा लिने गरी तयारीमा लाग्न व्यावसायीहरुलाई आग्रह समेत गरे । ‘अब चाँडै रक्सौल काठमाडौं रेल सेवा सञ्चालन हुन्छ । रकसौलबाट आँउदा रेल भरिएर आउने जाँदा रित्तै जाने स्थिति आउनु हुदैन । काठमाडौंबाट फर्किंदा पनि रेल भर्नका निर्यातजन्य उत्पादनमा लाग्नुहोस ।’

प्रकाशित : २८ चैत्र २०७४, बुधबार १९:३३