४दशमलव २२ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

४दशमलव २२ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से उकालो लागेर बन्द भएको छ ।आज नेप्स ४ दशमलव २२ अंकले उकालो लागेको छ। आज कारोबारमा आएका धेरै जस्तो समुहले कमाएका छन । आज कारोबारमा आएको बैँक र फाइनान्स समुह बाहेक अरु सबै समुहले कमाएका छन । आज कारोबारमा आएका १६५ कमपनीको १३ लाख २९ हजार ९ सय ३० कित्ता सेयरबाट ४४ करोड ३० लाख ९६ हजार २ सय ६६ रुपैयाको कारोबार भएको छ।
बिहिबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ । आज इन्स्योरेन्स समुह ७९ दशमलव ८७ अंकले उकालो लागेको छ। आज उतपादनमुलक समुह ३८ दशशमलव ७४ अंकले, होटल समुह १९ दशमलव ५८ अंकले,विकास बैँक समुह ११ दशमलव ४१ अंकले, लघुवित्त समुह १० दशमलव ७१ अंकले, अन्य समुह ४ दशमलव ०२ अंकले र जलविधुत समुह ० दशमलव ६७ अंकले उकालो लागेको छ ।
आज बैँक र फाइनान्स समुहले भने गुमाएका छन । आज बैँक समुह १ दशमलव १२ अंकले र फाइनान्स समुह ५ दशमलव ०६ अंकले ओरालो लागेको छ ।

प्रकाशित : २९ चैत्र २०७४, बिहीबार १५:२३