२ जलविद्युत कम्पनीलाई आईपिओ निष्काशनको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

२ जलविद्युत कम्पनीलाई आईपिओ निष्काशनको अनुमति



काठमाडाै । नेपाल धितोपत्र बोर्डले २ जलविद्युत कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको छ । बोर्डले जोशी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी र शुभम् पावर लिमिटेडलाई आयोजना प्रभावित स्थानीयबासीका लागि आईपिओ जारी गर्न अनुमति दिएको हो ।

अनुमति पाए संगै जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले पहिलो चरणमा ३ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको ३ लाख ७१ हजार ४ सय कित्ता आईपिओ निष्कासन गर्ने छ । जोशीले संखुवासभामा ३ मेगावाटको माथिल्लो पुवा आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । बिसं २०७१ माघ १ गतेबाट यो आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन थालेको छ ।

कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । त्यस्तै शुभम् पावर कम्पनी लिमिटेडले २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता आइपिओ निष्कासन गर्ने छ । कम्पनीले संखुवासभामा करिब एक मेगावाट क्षमताको पिलुवाखोला हाइड्रोइलेक्ट्रिक आयोजना सञ्चालन गरिरहेको छ । शुभमको बिक्री प्रबन्धकमा सीबीआईएल क्यापिटल लिमिटेड रेहको छ ।

प्रकाशित : २९ चैत्र २०७४, बिहीबार १८:५१