‘सन् २०१८ मा विश्व ब्यापारदर ४.४ प्रतिशत रहने’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

‘सन् २०१८ मा विश्व ब्यापारदर ४.४ प्रतिशत रहने’

प्रकाशित मितिः १ असार २०७९



जेनेभा । विश्व व्यापार संगठन (डव्लुटिओ) ले बिहीबार एक तथ्याङ्क सार्वजनिक गर्दै सन् २०१८ मा विश्व व्यापार दर ४.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यो दरमा सन् २०१९ मा केही ह्रास आई चार प्रतिशत कायम हुने आँकलन गरेको छ ।

व्यापारमा निरन्तर वृद्धि देखिनुमा विश्व अर्थतन्त्रमा विकास र सरकारहरूको उचित व्यापार नीति जिम्मेवार मानिएको डव्लुटिओले आफ्नो बार्षिक प्रक्षेपण प्रतिवेदनमा जनाएको छ ।

तर डव्लुटिओद्वारा सार्वजनिक प्रतिवेदनमा विश्व व्यापार गतिविधिमा तीब्र तनाव आउनसक्ने सङ्केत देखिएका चेतावनी दिँदै यसले व्यापार गतिविधिप्रति रहेको विश्वास र लगानीको निर्णयलाई प्रभावित तुल्याउने हुँदा हालको व्यापार वृद्धिदर सम्बन्धि हालको दृष्टिकोणलाई जोखिममा पार्नसक्ने पनि बताएको छ ।

विश्वले अहिले देखेको व्यापारको मजबुत व्यापार वृद्धिदर विश्व अर्थतन्त्र वृद्धि तथा सुधार र रोजगारी सिर्जनाका लागि सघाउने दिशामा महत्वपूर्ण हुने डव्लुटिओका महानिर्देशक रोवर्टो अजेभेदोले बताए।

व्यापारमा देखिएको महत्वपूर्ण प्रगति छिट्टै जोखिममा पर्ने चेतावनी दिँदै भने , यदि सरकारहरूले निषेधको व्यापार नीति वा जस्तालाई तस्तै भन्ने खालको व्यवहारकासाथ अघि बढेमा यसबाट विश्व व्यापारलाई व्यवस्थित गर्न नसकिने गरी समस्या उत्पन्न हुनसक्नेछ ।”

प्रकाशित : ३० चैत्र २०७४, शुक्रबार १२:५५