काठमाडौँ ट्रेड युनियन काँग्रेसमा भुसाल निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

काठमाडौँ ट्रेड युनियन काँग्रेसमा भुसाल निर्वाचित



काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको अध्यक्षमा देवीप्रसाद भुसाल निर्वाचित हुनुभएको छ ।

युनियनको छैँटौँ जिल्ला अधिवेशनको भर्खरै सम्पन्न मतगणनाअनुसार भुसालले ८२४ मत ल्याई निर्वाचित हुनुभएको हो । उहाँले निकटतम प्रतिद्वन्द्वी भगवती फुयाँललाई १८ मतले पछि पार्दै निर्वाचित हुनुभएको निर्वाचन अधिकृत जयराम श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

यस्तै, उपाध्यक्ष खुल्लामा ईश्वरकृष्ण घिमिरे, महिला उपाध्यक्ष तारादेवी केसी, सेवा उपाध्यक्ष धनप्रसाद पौडेल, उत्पादन उपाध्यक्ष उदयबहादुर लामा, उपाध्यक्ष अनौपचारिक योगेश केसी, सचिव विष्णुप्रसाद कोइराला, सहसचिव प्रह्लाद फुयाँल र राजनकुमार कार्की, कोषाध्यक्ष विमल तिमल्सेना र सहकोषाध्यक्षमा मोनिका तामाङ विजयी हुनुभएको छ ।

यसैगरी सदस्यमा उत्तम पौडेल, गणेश धिताल, गिरिराज अर्याल, धर्मसागर ढकाल, प्रभुदास न्यौपाने, गीता भट्टराई, नरमाया तिमल्सेना, सिर्जना अर्याल र याञ्जुदेवी दाहाल विजयी हुनुभएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

झण्डै दुई हजार ४०० मतदाता रहेको ट्रेड युनियन काठमाडौँमा एक हजार ६८९ मत खसेको थियो ।

प्रकाशित : ३० चैत्र २०७४, शुक्रबार १३:५५