त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सुन तस्करी माैलाउदै, अवैध सुनसहित दुई जना भारतीय नगारिक पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सुन तस्करी माैलाउदै, अवैध सुनसहित दुई जना भारतीय नगारिक पक्राउ



काठमाडाै । दुई केजी ८ सय ३० ग्राम अवैध सुनसहित दुई जना भारतीय नगारिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक राहदानी नम्बर आर ४१५३०७४ भएका २० बर्षीय रोकेश पाडिगेला र राहदानी नम्बर पि ६८९६३१५ भएका २७ वर्षीय सन्तोष गाड कुन्डलवार छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन गेटमा प्रहरीले चेक गर्दा दुवै जनाले जुत्ताभित्र लुकाएर ल्याएको अवस्थामा सुन भेटिएको थियो ।

बरामद सुन र उनीहरुलाई प्रहरीले आवश्यक कारवाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालय, सिनामंगलमा पठाएको बताइएको छ ।

प्रकाशित : २ बैशाख २०७५, आईतवार १३:००