सानिमा बैंकको होम बैंकिङ सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानिमा बैंकको होम बैंकिङ सेवा



काठमाडौं । सानिमा बैंकले नयाँ वर्षको अवसरमा जेष्ठ नागकिलाई लक्षित गरेर होम बैंकिङ सेवाको शुरुवात गरेको छ । यो सेवा ५८ बर्ष पुगेका नेपाली नागरिकहरुले उपभोग गर्न सक्नेछन् ।

यस अन्तरगत घरै बसेर बैंकिङ सेवालिन चाहने जेष्ठ नागरिकहरुले सुविधाजनक तथा झन्झट रहित सेवा लिन सक्नेछन् ।

 

यो सेवा विद्युतिय उपकरण ट्याबको प्रयोगबाट सजिलो, सुरक्षित र भरपर्दो रुपमा सानिमा बैंकका कर्मचारी ग्राहकका घर दैलोमा नै पुगेर प्रदान गर्नेछन् ।

यो सुबिधाअन्तर्गत खाता खोल्ने ग्राहकलाई बचत र मुद्घतीमा उच्च ब्याजदरका साथै मासिक रुपमा ब्याज भुक्तानी गर्नेछ । जेष्ठ नागरिकका लागि यस प्रकारको प्रविधियुक्त नौलो सुबिधा सानिमा बैंकले पहिलो पटक ल्याएको हो ।

हाललाई यो सुविधा काठमाण्डौ तथा ललितपुर जिल्लामा मात्र उपलब्ध हुनेछ । सानिमा बैंकको हाल ५८ शखा, १ एक्सटेन्सन काउन्टर र ६७ एटिएम छ ।

प्रकाशित : २ बैशाख २०७५, आईतवार १३:२१