फेसबुकका मालिक मार्क जुकरबर्ग तलब एक डलरमात्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

फेसबुकका मालिक मार्क जुकरबर्ग तलब एक डलरमात्र



एजेन्सी । फेसबुकका  मालिक मार्क जुकरबर्गले सन् २०१७ मा एक डलरमात्र तलव लिएका छन् । तर उनको निजी सुरक्षा र निजी जेट प्रयोगका लागि फेसबुकले १४२ करोड डलर खर्च गरेको छ ।

यो रकम सन् २०१६ को तुलनामा ५३.५ प्रतिशत बढी हो । ३३ वर्षीय जुकरबर्ग अहिले फेसबुकको सुरक्षालाई लिएर चिन्तित छन् । उनले अमेरिकी संसदमा समेत स्पष्टिकरण दिइसकेका छन् ।

जुकरबर्गको सुरक्षाका लागि दुई वर्षमा करोडौं खर्च भइसकेको छ । उनको लोकप्रियता बढ्दै गएकाले सुरक्षा बढाइएको बताइन्छ ।

प्रकाशित : २ बैशाख २०७५, आईतवार १४:०६